कांग्रेस पूर्ण समावेशी छ : देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पूर्णरूपमा समावेशी भएको बताएका छन् । पार्टीको भ्रातृसंस्था प्रजातन्त्र सेनानी संघको महाधिवेशन पार्टी कार्यालय सानेपामा बुधबार उदघाटन गर्दै सभापति देउवाले पार्टी मात्रै होइन मुलुक नै समावेशिताको मामलामा सबैभन्दा अगाडि रहेको बताए ।
‘नेपाली कांग्रेस पूर्णरूपमा समावेशी पार्टी हो,’ देउवाले भने, ‘हाम्रो पार्टीमात्र होइन, मुलुक पनि समावेशिताको मामलामा सबैभन्दा अगाडि छ । हामीले मुलुकमा आन्दोलनका माध्यमबाट समावेशी लोकतन्त्र प्राप्त गरेका छौँ ।’
कांग्रेसले नै नेपालमा सबैभन्दा पहिला पार्टीमा ३३ प्रतिशत महिलाको आरक्षणको व्यवस्था गरेको बताए । यो व्यवस्था संसारका कमै देशमा भएको उनको भनाइ थियो ।
आरक्षणबारे थप खुलाउँदै देउवाले भने, ‘हाम्रोमा आदिवासी जनजाती, मधेसी, थारु सबैको आरक्षण छ हाम्रो संविधानमा । हाम्रो पार्टी पनि त्यसै आधारमा बसेको छ । हाम्रो पार्टी पूरा समावेशी छ । हाम्रो संविधान पूरा समावेशी छ । हाम्रो देश नै पूरा समावेशी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण