बेलायत र भारतले सुरु गरे व्यापार वार्ता

नयाँ दिल्ली । भारत र बेलायतले स्वतन्त्र व्यापार वार्ता पुनः सुरु गरेका छन् । दुवै देशमा आम निर्वाचनका कारण वार्ता रोकिएको झन्डै एक वर्षपछि यो फेरि सुरु भएको हो ।
बेलायतका व्यापार मन्त्री जोनाथन रेनोले दिल्लीमा सोमबार आफ्ना भारतीय समकक्षी पियुष गोयललाई भेटेका थिए । यो भेटघाटपछि दुई देशबिच वार्ता सुरु भएको छ । छलफललाई अझै अगाडि बढाउने र सम्झौता सन्तुलित महत्वाकांक्षी र पारस्परिक हितमा आधारित हुनेछ भन्ने कुरा सुनिश्चित गर्न वार्तामा ध्यान दिइएको गोयलले माइक्रो ब्लगिङ वेबसाइट एक्सको एउटा पोष्टमा लेखेका छन् ।
सन् २०२२ यता दुई देशबिच एक दर्जनभन्दा धेरै वार्ता भइसकेको छ । तर दुवैबिच एकखाले सहमति भने बनेको छ । भारतले स्कटिस स्कचमा लगाएको उच्च कर अनि बेलायतमा पढ्न जाने भारतीय विद्यार्थी र पेसाकर्मीको लागि शुल्क घटाउने भिसा नियम खुकुलो बनाउने जस्ता बुँदालाई वार्तामा महत्त्व दिइएको छ ।
बेलायतमा लेबर पार्टी सत्तामा आएयता भएको यो पहिलो वार्ता हो । केही वर्षमै भारत विश्वको तेस्रो ठुलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरिएको छ । यस्तोमा भारतसँग स्वतन्त्र व्यापार सम्झौता गर्नु अहिले रेनोको मुख्य प्राथमिकता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ
-
यस्तो छ आज तरकारीको मूल्यसूची, पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च