एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
मङ्गलबार, १३ फागुन २०८१, ०१ : ३२
काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकै पटक जनपद प्रहरीतर्फ दुई हजार तीन सय ८५ जना प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको छ । सोमबार प्रहरी प्रधान कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय किताबखाना (प्रहरी)लैनचौरलाई पत्राचार गर्दै ठूलो संख्यामा प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको जानकारी दिएको हो ।
उक्त पत्राचारमा २०८१ फागुन ११ को निर्णय अनुसार २०८१ प्mागुन महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको र अभिलेखमा आवश्यक व्यहोरा खुलाई दिन भनी अनुरोध गरिएको छ ।
जुन पत्राचारद्वारा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि प्रहरीको कर्मचारी सञ्चयकोष शाखासम्मलाई बोधर्थ पठाइएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण