देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् ।
बुढानीलकण्ठस्थित आफ्नै निवासमा शुक्रबार अपराह्न ४ बजेका लागि देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा संघीयता कार्यान्वयनमा देखा परेका अप्ठ्यारा कसरी समाधान गर्ने, संसद्मा पेस भएका महत्त्वपूर्ण विधेयक यही अधिवेशनबाट सकभर कसरी पास गर्ने र भ्रातृ संस्थालाई चैत मसान्तसम्म अधिवेशन गर्न निर्देशन दिँदै बनाएका निर्देशन समितिले के कति काम गरे जानकारी लिने र संस्थागत निर्णय गरेर आवश्यक निर्देशन दिन बैठक बोलाएको मुख्यसचिव पौडेलले जानकारी दिए ।
‘मुख्य तीन एजेन्डामा छलफल गर्न सभापतिज्यूले अपराह्न ४ बजे पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक सभापति निवास बुढानीलकण्ठमा बोलाउनु भएको छ,’ मुख्यसचिव पौडेलले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?