सार्वजनिक स्थलमै पतिले नाक टोकिदिएपछि...
शुक्रबार, १६ फागुन २०८१, १४ : ५०

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको बहराइचमा एउटा अनौठो घटना प्रकाशमा आएको छ ।
कैसरगञ्ज थाना क्षेत्र अन्तर्गत देवलखामा एक महिलालाई उनकै पतिले सार्वजनिक स्थलमै नाक टोकिदिएका हुन् । महाशिवरात्रिको अवसरमा निकालिएको र्याली हेर्न गएका छोराछोरीलाई खोज्न हिँडेकी महिलालाई बाटोमै पतिले नाक टोकेर घाइते तुल्याएका हुन् ।
सन्दीप नाम गरेका ती व्यक्तिले प्रहरीकै सामु पत्नीको नाक टोकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पतिको टोकाइबाट घाइते महिलालाई तत्काल उपचारका लागि अस्पताल पठाइएको र आरोपित पतिलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
पीडित महिलाले दैनिक रूपमा पतिबाट शारीरिक र मानसिक यातना खेप्दै आएको बयान प्रहरीसमक्ष दिएकी छन् ।
प्रहरीले यसबारे गम्भीर अनुसन्धान गरी कडाभन्दा कडा कारबाही हुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ
-
यस्तो छ आज तरकारीको मूल्यसूची, पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च