सार्वजनिक स्थलमै पतिले नाक टोकिदिएपछि...
शुक्रबार, १६ फागुन २०८१, १४ : ५०
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको बहराइचमा एउटा अनौठो घटना प्रकाशमा आएको छ ।
कैसरगञ्ज थाना क्षेत्र अन्तर्गत देवलखामा एक महिलालाई उनकै पतिले सार्वजनिक स्थलमै नाक टोकिदिएका हुन् । महाशिवरात्रिको अवसरमा निकालिएको र्याली हेर्न गएका छोराछोरीलाई खोज्न हिँडेकी महिलालाई बाटोमै पतिले नाक टोकेर घाइते तुल्याएका हुन् ।
सन्दीप नाम गरेका ती व्यक्तिले प्रहरीकै सामु पत्नीको नाक टोकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पतिको टोकाइबाट घाइते महिलालाई तत्काल उपचारका लागि अस्पताल पठाइएको र आरोपित पतिलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
पीडित महिलाले दैनिक रूपमा पतिबाट शारीरिक र मानसिक यातना खेप्दै आएको बयान प्रहरीसमक्ष दिएकी छन् ।
प्रहरीले यसबारे गम्भीर अनुसन्धान गरी कडाभन्दा कडा कारबाही हुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण