अपराध
रुपन्देहीमा गोली प्रहार गरी एक जनाको हत्या
शनिबार, १७ फागुन २०८१, १२ : ०९
बुटवल । रुपन्देहीमा गोली प्रहार गरी एक जनाको हत्या गरिएकाे छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय राकेशसिंह लोधमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले बताए ।
घरको बरन्डामा रगताम्मे अवस्थामा भेटिएकाले गोली प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
घटना बारे थप अनुसन्धान भइरहेको कार्कीले बताए । उनका अनुसार घरमा घरायसी विवाद रहेको र घटनापछि मृतकको दाजु फरार रहेकोले खोजी भइरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
-
भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार
-
त्रिविको पीएचडीसम्बन्धी नयाँ निर्देशिकाः यस्तो छ सुपरभाइजर हुन चाहिने शोधार्थीको योग्यता
-
सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या
-
घाँस काट्न रूख चढेकी बालिकाको खसेर मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण