पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्ने बताएका छन् । सोमबार कांग्रेस, ‘केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ले रुपन्देहीको भैरहवामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले पार्टीभित्र नमिलेका र विवादका विषयलाई आपसमा छलफल, मेलमिलाप र कुराकानी गरेर हटाउनुपर्ने बताए ।
सभापति देउवाले कांग्रेसलाई जीवन्त भाइब्रेण्ट डेमोक्रेटिक पार्टी बनाउन सके पार्टीप्रति अझ आकर्षण बढ्दै जाने बताए । उनले समानुपाती समावेश व्यवस्थालाई सबै मिलेर थप बलियो बनाउँदै जानुपर्नेमा जोड दिए ।
सभापति देउवाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए ।
तीन दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा मुलुकभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापति समेत गरेर ३ सय ३० जनाभन्दा बढी नेता कार्यकर्ताहरू सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सुरक्षा सल्लाहकारबाट ट्रम्पले वाल्ट्जलाई हटाए, नयाँ जिम्मेवारी दिए
-
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
देउवाविरुद्ध गएपछि कान्छारामको राज्यमन्त्री पद चट !
-
'मेरो भ्वाइस युनिभर्स'को प्रसारण सुरु
-
काठमाडौँको माछापोखरीमा बालेनले तरकारी बेच्न नदिएपछि नुवाकोटमा प्रदर्शन
-
कालीमाटी–टेकु पुल भत्काउने कि सञ्चालन गर्ने ? संसद् र सरकारबिच विवाद