कविता
आउने जाने
शनिबार, २४ फागुन २०८१, ११ : ००
यो पृथ्वी यस्तै छ
आएपछि थाहा हुन्छ
आउने आउँछन् रुँदै
जाने जान्छन् रुवाउँदै
आउने एक्लै रोइरहेको हुन्छ
आमाको न्यानो मायामा
तर वरिपरि सबै
खुसीले मुस्काइरहेका हुन्छन्
नयाँ आगमनको
नयाँ उत्साह, उमङ्ग, र नयाँ किरणमा
जाने न रुन्छ न पोल्यो भन्छ
दनदन बलेको चितामा
तर उसलाई माया गर्नेहरू
दुःखी भई रोइरहेका हुन्छन्
सधैँको लागिको बिछोडको
पिर, चिन्ता, र चित्कारमा
यस्तै छ यहाँको रीत
आउनेलाई सत्कार गरिन्छ
किनकि ऊ सुरु हुन्छ
जीवनको लामो
आरोह अवरोहमा
बगिरहन खोला जस्तै
अनि कहिले नफर्किने गरि
जानेलाई बिदा गरिन्छ
किनकि ऊ अन्त्य हुन्छ
जीवनको पावर सकिएर
करेन्ट सप्लाइ बन्द भई
त्यागेको बिजुलीको पोल जस्तै
यो आउने जाने क्रम चलिरहन्छ
जबसम्म सूर्य चन्द्र रहिरहन्छ
तबसम्म आँसु हुनेले रुनुपर्छ
हाँसो हुनेले खुसी हुनुपर्छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण