माओवादी केन्द्रको वैदेशिक रोजगार शाखा गठन
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट उपत्यका विशेष प्रदेश उद्यमी महाशाखा वैदेशिक रोजगार शाखा गठन भएको छ। शुक्रबार सम्पन्न शाखाको दोस्रो भेलाले ईगल म्यानपावर कन्सल्ट्यानटका प्रालिका सञ्चालक कृष्ण ढकालको अध्यक्षतामा १३ सदस्यीय वैदेशिक रोजगार शाखा गठन गरेको हो ।
शाखाको उपाध्यक्षमा साउदी नेपाल रिक्रूटमेन्ट प्रालिका सञ्चालक सोम तामाङ, अल फलस ग्रूप ह्युमन रिसोर्स प्रालिका सञ्चालक राजु शर्मा र त्रिपाल स्टारका सरोज लामा रहेका छन् ।
सचिवमा याशिन ओभरसिजका इन्द्र मणि न्यौपाने, सहसचिवमा फरेभर ह्युमन रिसोर्स प्रालिका रवीन्द्र राई रहेका छन् भने कार्यसमिति सदस्यमा भैरव इन्टरनेशनल प्रालिकी सञ्चालिका सुमिना तामांङ, यभो सपोर्ट ह्युमन रिसोर्स प्रालिका सञ्चालक विमल बस्नेत, पर्सा ओभरसिज प्रालिका इन्द्र तामाङ, ईम्पावर ओभरसिज प्रालिका तारा मणि राई, कान्तिपुर ओभरसिज प्रालिका नवराज पाण्डे, अरेबियन सेन्टर प्रालिका तिपेन्द्र प्रसाद न्यौपाने र गोल्डेन एचिभर्स ईन्टरनेशनल प्रालिका हस्त बहादुर तामांङ रहेका छन् ।
कार्यक्रम नेकपा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा पूर्व श्रम रोजगार तथा सामाजिक मन्त्री रामेश्वर राय यादव प्रमुख अतिथि रहेका थिए। त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा तथा महाशाखाका इन्चार्ज कृष्ण केसी, उपत्यका विशेष प्रदेश कमिटीका सचिव कमल सापकोटा, उपत्यका विशेष प्रदेश कमिटीका सदस्य ईश्वरी पाण्डे तथा माओवादी केन्द्र उपत्यका विशेष प्रदेश उद्यमी व्यवसायी महाशाखाका अध्यक्ष अम्बिर गुरुङ, उपत्यका विशेष प्रदेश उद्यमी व्यवसायी महाशाखाका उपाध्यक्ष तथा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका महासचिव कुन्छादोर्जे दिमदोङ लगायतका व्यवसायीहरूको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण