यमनको राजधानी सानामा अमेरिकी सेनाद्वारा हवाई आक्रमण सुरु
शनिबार, ०९ चैत २०८१, ११ : ०३
एजेन्सी । अमेरिकी सेनाले यमनको राजधानी सानामा हवाई आक्रमणको नयाँ चरण सुरु गरेको छ । हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीकाअनुसार सात महिला र दुई बालबालिकासहित कम्तीमा नौ जना घाइते भएका छन् ।
अमेरिकी सेनाले गत शनिवारदेखि हुथी लक्षित क्षेत्रमा हवाई आक्रमण पुनः सुरु गरेको थियो । यसको अभियान अन्तर्राष्ट्रिय ढुवानीलाई सुरक्षित राख्ने लक्ष्य रहेको दाबी गरेको छ ।
हुथीद्वारा सञ्चालित स्वास्थ्य अधिकारीहरूका अनुसार अमेरिकी हवाई आक्रमणको नयाँ चरणमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ ।
२०१४ मा गृहयुद्ध सुरु भएपछि हुथी विद्रोही समूहले रणनीतिक हिसाबले महत्त्वपूर्ण होदेइदाह बन्दरगाह सहित यमनको ठुलो भाग नियन्त्रण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण