खाने होइन त सिजनको फल ? (तस्बिरहरू)
पोखरा । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको पाउँदुर घुम्ती क्षेत्रमा आज भोलि ऐँसेलु बेच्ने स्थानीयहरूको बाक्लै भीड लाग्ने गर्दछ । पाखा, डाँडा र खर्कहरूमा फल्ने ऐँसेलु अहिले सो क्षेत्रका स्थानीयहरूको आम्दानीको स्रोत बनेको छ ।
पोखरा बागलुङ सडक खण्डमा यात्रा गर्ने प्राय हरेक यात्रुले यहाँको ऐँसेलु किन्ने गर्दछन् । प्रति सोली सय रुपैयाँमा बिक्री हुने ऐँसेलु टिप्न भने एक बिहानै खर्च गर्नु पर्ने स्थानीय ऐँसेलु व्यापारी रशिका विश्वकर्माले बताइन् । 'बिहानै अधेरीखोला तिर जानु पर्छ, काँडाले घोच्ने भएकोले टिप्न पनि गाह्रो नै छ' उनले बताइन् ।
त्यस्तै ऐँसेलु बेचेरै प्रतिदिन २ हजारसम्म कमाई हुने स्थानीय अस्मी विश्वकर्माले बताइन् । ऐँसेलु वर्षको चैतदेखि जेठसम्म मात्र फल्ने हुँदा अन्य दिन खेतीकिसनी नै गर्ने गरेको उनले सुनाइन् ।
गाउँमा धेरै मात्रामा ऐँसेलु फल्ने भएपनि त्यसको सही उपयोग हुन नसकेको स्थानीयले बताए । पूर्वका केही जिल्लामा वाइन बनाउन र जुस बनाउनको लागि ऐँसेलुको उपयोग हुने गरेको छ ।
ऐँसेलु नेपालको पहाडी भेगमा पाइन्छ । ऐँसेलु स्वादिलो र रसिलो फल मात्र होइन, यसमा भिटामिन सी, फिनोल, फ्लेवोनोइड जस्ता सूक्ष्म पोषक तत्त्व पनि पाइन्छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_wmWzREimEQ.jpg)
_HKdDG1bRLD.jpg)
_IKwQewL0mk.jpg)
_qw3GSeBJ9I.jpg)
_NfpeSTcUnx.jpg)
_OpMthXMqDy.jpg)
_0pufKH9Jsu.jpg)
_YX9msvLvb3.jpg)
_U46O7pAOK7.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण