सुदूर अन्तरिक्षको ग्रहमा भेटियो जीवनको आशालाग्दो संकेत
काठमाडौँ । वैज्ञानिकहरूले अन्तरिक्षको सुदूर कुनामा अर्को तारालाई घुमिरहेको एउटा ग्रहमा जीवन भएको नयाँ प्रमाण फेला पारेका छन् । तर यो प्रमाण मोटामोटी मात्रै भएको बताइएको छ ।
क्याम्ब्रिजको एक टोलीले के २–१८ बी नाम गरेको ग्रहको वायुमण्डलको अध्ययन गरेका थिए । त्यहाँ पृथ्वीमा सामान्य जीवजन्तुले मात्रै उत्पादन गर्न सक्ने मोलिक्युलको संकेत भेटिएको छ ।
तर यो तथ्यलाई प्रमाणित गर्न थप डेटा चाहिने उक्त टोली र स्वतन्त्र खगोलविद्हरूले बताइरहेका छन् । छिटै नै ठोस प्रमाण प्राप्त हुनेमा आफू आशावादी रहेको यस अनुसन्धानका मुख्य अनुसन्धाता प्राध्यापक निक्कु मधुसुदनले भनेको भन्दै बीबीसीले समाचार छापेको छ ।
अन्तरिक्षमा कुनै ग्रहमा जीवन छ भन्ने यो अहिलेसम्मकै बलियो प्रमाण भएको उनले बताए । आगामी एक दुई वर्षमा यो कुराको पुष्टि आफूले गर्न सक्ने उनको भनाइ छ । के२–१८ बी पृथ्वीभन्दा साढे २ गुणा ठूलो छ । यो पृथ्वीबाट सात हजार खर्ब माइल पर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न वडा तहबाटै प्रतिस्पर्धा गर्नुपर्ने !
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण