सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय

शिक्षकहरू १९ दिनदेखि आन्दोलनमा : अभिभावक सङ्घले गुहार्‍यो मानवअधिकार आयोग

आइतबार, ०७ वैशाख २०८२, १३ : २१
आइतबार, ०७ वैशाख २०८२

काठमाडौँ । अभिभावक सङ्घ नेपालले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । १९ दिनदेखि शिक्षक तथा विद्यालय कर्मचारीहरू आन्दोलनमा रहेका बेला सङ्घले आयोगको ध्यानाकर्षण गराएको हो । 

आन्दोलनका कारण सामुदायिक विद्यालयका करिब ५५ लाख विद्यार्थीको पठनपाठन, परीक्षा, नतिजा प्रकाशन, विद्यालय भर्ना लगायतका विषय प्रभावित भएको छ । जसले गर्दा विद्यार्थीहरूको पढ्न पाउने अधिकार हनन् भएको भन्दै अभिभावकहरूको संस्थाको ध्यानाकर्षण भएको हो । 

शिक्षाका सरोकारवालाहरूको समस्या राज्यले हल गर्नु जरुरी रहेको भन्दै सङ्घले शिक्षकका जायज मागहरू तत्काल पुरा गर्न माग गरेको छ ।  शिक्षक खुसी भए भने मात्रै कक्षा कोठा रमाउने भन्दै शिक्षकलाई सम्मान गर्ने कुरामा राज्य चुक्न नहुने सङ्घको ठहर छ । विद्यार्थीहरूको पढ्न सिक्न पाउने नैसर्गिक अधिकारको सबै क्षेत्रबाट सम्मान गरिनुपर्ने समेत सङ्घले जनाएको छ । 

कक्षा १२ को परीक्षासमेत प्रभाव हुनसक्ने भन्दै आयोगको गम्भीर ध्यानाकर्षण गराएका हुन् । विद्यार्थीहरूको पढ्न पाउने हक, बालअधिकारको रक्षा गर्दै तत्काल आम शिक्षकहरूका समस्याको हल गरेर सामुदायिक विद्यालयहरू सञ्चालनमा आउन सक्ने वातावरण बनाउन आग्रह गरेको हो । 

१२ कक्षाको परीक्षा हुने शान्तिपूर्ण वातावरण मिलाउन समेत आम अभिभावक तथा विद्यार्थीहरुका माग गरेका हुन् ।

a2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप