पासपोर्ट नवीकरण सहज बन्दै
सोमबार, ०८ वैशाख २०८२, १८ : ३०

काठमडौँ । नेपाली दूतावास दोहा कतारका प्रथम सचिव कृशु क्षेत्रीले पासपोर्ट नविकरणमा दूतावासले पहिले भन्दा निकै सहजता प्रदान गरेको बताएका छन् ।
सोमबार रातोपाटीसंग कुराकानी गर्दै क्षेत्रीले श्रमिकहरुको सेवा प्रदानमा कुनै कन्जुस्याइँ नगरी कर्मचारीहरुले पासपोर्ट नविकरण र वितरणमा काम गरेको बताए ।
’दैनिकजसो आउने गुनासाहरु र दूतावास परिसरमा सयौंको संख्यामा हुने भिडभाड तुलनात्मक रूपमा निकै कम भएको छ’, उनले भने ।
समयमै पासपोर्ट नविकरणको लागि स्लट पाउनु , झन्झटमुक्त र छिटोछरितो कार्यसंपादनले नै सहज भएको उनको भनाइ छ ।
एक दिनमा झन्डै–झन्डै २ सय ५० देखि ३ सय जना सम्मको पासपोर्ट नविकरणमा काम गरेको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अद्यावधिक गर्ने निर्णय
-
विमानस्थलमा भैँसी आतङ्कबारे के भन्यो प्राधिकरणले ?
-
सरकारको बेरुजु ७३३ अर्ब नाघ्यो, एकैवर्ष थपियो ६३ अर्ब २८ करोड थप
-
छायाँंछवी डि सिने अवार्ड : कसलाई कुन उपाधि ?
-
इजलासमै पानी परेपछि सुनुवाइ स्थगित
-
'एकीकृत एनआरएनएका लागि खुला संवादका पक्षमा छौँ' (निष्कर्षसहित)