मेडिकलबाट ठुलो परिमाणमा लागुऔषध बरामद, सञ्चालक पक्राउ
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १० चेतनगरस्थित एक मेडिकलबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध बरामद गरी सञ्चालकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा मौलापुर नगरपालिका-४ का २९ वर्षीय जितेन्द्र साह रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी राजकुमार राईले बताएका छन्।
आरोपी साहले विना दर्ता पछिल्लो केही महिनादेखि चेतनगरमा फार्मेसी खोलेर लागुऔषधको कारोबार गर्दै आएका थिए। साहले औषधि व्यवसायको नाममा लुकिछिपी लागुऔषधको कारोबार गर्दै आएको सूचनाको आधारमा प्रहरीले रेकी गर्दै आएको र आज छापा मारको डीएसपी राईले बताएका छन्।
आइतबार इलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले छापा मारेको हो। प्रहरीले उक्त मेडिकलबाट प्रतिबन्धित लागुऔषध ट्रामाडोलका ४ हजार ५ सय क्याप्सुल बरामद गरेको छ।
आरोपी साहले भारतीय बजारबाट लुकिछिपी प्रतिबन्धित लागुऔषध ल्याएर मेडिकलमा भण्डारण गरेर राख्ने गरेका थिए। उनले यसलाई राजधानी काठमाडौँसम्म पुर्याउने गरेको अनुसन्धानबाट खुलेको डीएसपी राईले जानकारी दिएका छन्।
आरोपी साहमाथि लागुऔषध सम्बन्धी मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण