स्वास्थ्य उपचारका लागि अमेरिका जाँदै कर्णाली प्रदेश प्रमुख
सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका जाने भएका छन् । वैशाख १७ गते बसेको मन्त्रिपरिषद्को निर्णयले उनको विदा स्वीकृत गरेको छ । उनी जेठ ५ गतदेखि असार १३ गतेसम्मका लागि अमेरिकामा रहने छन् । सोही अवधिका लागि उनको विदा स्वीकृत भएको छ ।
उनको अनुपस्थितिमा कर्णाली प्रदेशको कामु सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँलाई तोक्न राष्ट्रिपति समक्ष सिफारिस गरिएको निर्णयमा उल्लेख छ ।
प्रदेश प्रमुख जोशीका प्रमुख स्वकीय अफिलाल जोशीले आँखाको उपचारका लागि प्रदेश प्रमुख अमेरिका जान लागेको रातोपाटीलाई बताए ।
‘आँखाको समस्या रहेको छ, सकेसम्म नेपालमै उपचार सम्भव नभएपछि अमेरिका जान लाग्नु भएको हो,’ उनले भने, ‘सुरुमा नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइतकै सल्लाह अनुसार उहाँ बाहिर जान लाग्नु भएको हो ।’
जोशीका अनुसार रुइतले नेपालमा सम्भव नभएको र आफुले नै चिनेको एक हस्पिटलमा उपचारका लागि रिफर गरेका हुन् ।
उनी अमेरिका जाने भएपछि प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने नीति तथा कार्यक्रम सुदूरपश्चिमका प्रदेश प्रमुखले वाचन गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रोटिनको कमी छ ? चनासँग खानुस् यी ६ खानेकुरा
-
बाँदर आतङ्कका कारण खाद्यबालीको विकल्प रोज्दै किसान
-
जैविक सुरक्षामा कडाइ : केरा, धनियाँ, एभोकाडो लगायतको आयातमा रोक
-
सशस्त्र प्रहरीको प्रवक्तामा नायव महानिरीक्षक कार्की
-
समृद्धिको आधार: विज्ञान, प्रविधि र नवप्रवर्तन
-
प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण