आशाको सञ्चार गराउनु मिडियाको प्रमुख दायित्व हो : अध्यक्ष बस्नेत
काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा आशाको सञ्चार गराउने प्रमुख दायित्व मिडिया जगतकै रहेको बताएका छन् । राष्ट्रिय समाचार समितिले प्रकाशन गरेको फोटो पुस्तक बुझेपछि आज उनले सृजनात्मक पत्रकारिताको बढावा हुन नसक्दा समाजमा नकारात्मक सोच छाएकाले त्यसलाई हटाउन सञ्चारकर्मीको विशेष भूमिका हुने बताएका हुन् ।
अध्यक्ष बस्नेतले लोकतान्त्रिक गणतन्त्र स्थापनापछि भएका उल्लेख्य उपलब्धिलाई तस्बिरमार्फत जनसमक्ष ल्याउन रासस फोटो किताब महत्वपूर्ण दस्तावेज भएको भन्दै प्रशंसा गरे ।
त्यस क्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्र स्थापनापछि नेपालमा केही पनि भएन भन्ने गलत भाष्य चिर्न तथ्यसहित पुस्तक प्रकाशन गरिएको बताए । ‘वास्तवमा यो अवधिमा धेरै काम भएका छन् तर, मिडियाको माध्यमबाट ती कामबारे अझ धेरै प्रकाशन प्रसारण गर्न सकिएको छैन । नराम्रो र हुँदै नभएको कुरा खोतल्नु मात्र पत्रकारिता होइन’, उनले भने ।
राससले यसअघि हाम्रो संस्कृति, हाम्रो सम्पदा र समृद्धिका लागि पूर्वाधार शीर्षकहरूमा तस्बिर प्रदर्शनीसमेत गरिसकेको छ । तिनै तस्बिरको सङ्ग्रहका रूपमा ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ प्रकाशन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण