आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

नबिल बैङ्कको बौद्ध शाखामा पाँचौँ प्रायोरिटी बैङ्किङ लाउञ्ज सुरू

आइतबार, २८ वैशाख २०८२, १९ : ४२
आइतबार, २८ वैशाख २०८२

काठमाडौँ । नबिल बैङ्कले आफ्नो बौद्ध शाखामा पाँचौँ प्रायोरिटी बैङ्किङ लाउञ्ज सुरू गरेको छ । बैङ्कका डेपुटी सिइओ भूपेन्द्र पाण्डेले एक कार्यक्रमकाबिच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् ।

ग्राहकला गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरूप लाउञ्ज सुरु गरिएको बैङ्कले जनाएको छ । बैङ्कले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज, र कौशलटार शाखाहरूबाट प्रायोरिटी बैङ्किङ सुविधा प्रदान गर्दै आएको छ ।

लाउञ्ज उद्घाटन गर्दै डेपुटी सिइओ पाण्डेले भने, “नबिल बैङ्क ग्राहकलाई विश्वस्तरीय बैङ्किङ सेवा प्रदान गर्न प्रतिबद्ध छ । ग्राहकको सुविधालाई ध्यानमा राखेर हामीले प्रायोरिटी बैङ्किङ शाखा विस्तार गरेका हौँ ।”   उनले भने, “ग्राहकसँग कारोबारमा मात्रै सीमित नभई दीर्घकालीन सम्बन्ध बनाउनेमा हामी विश्वास गर्छौ ।”

नबिल प्रायोरिटी बैङ्किङ सेवामार्फत ग्राहकले रिलेसनरिप म्यानेजरसँग सम्पर्क गरी सेवा लिन, व्यक्ति केन्द्रित सेवा लिन, सहज बैंंकिङ लाउञ्जको पहुँच प्राप्त गर्न, छिटो र छरितो सेवा लिन, वित्तीय समाधान तथा लगानीसम्बन्धी सल्लाहलगायतका सेवा लिनसक्ने जनाइएको छ । 

नबिल प्रायोरिटी बैंकिङसम्बन्धी थप जानकारीका लागि बैङ्कको वेबसाइटमा लगइन तथा ग्राहक सेवा केन्द्रमा फोन सम्पर्क गर्न सकिनेछ । निजी क्षेत्रको अग्रणी बैङ्क रुपमा रहेको नबिल बैङ्कले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप