आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय
फोटो फिचर

अढाई दशकपछि नक्सालको हिटीमा फर्किएकाे पानीको प्रवाह (तस्बिरहरू)

आइतबार, ०४ जेठ २०८२, १० : ११
आइतबार, ०४ जेठ २०८२

काठमाडौँ । काठमाडौंको नक्सालस्थित ढुंगे धारा (हिटी)मा अढाई दशकपछि पानीको प्रवाह फर्किएको छ। अहिले सो हिटीमा दुईवटा स्रोतबाट पानी आउन थालेको छ। हाल उक्त हिटीमा निरन्तर रूपमा पानी प्रवाह भइरहेको छ । काठमाडौँ महानगरपालिकाको सम्पदा विभागमार्फत यसको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ। हिटीको परम्परागत प्रणाली पुनः सञ्चालनमा आएको हो ।

उक्त हिटीमा करिब २०५५ सालदेखि पानीको निकास नभएको स्थानीयले बताएका छन् । साथै, पुरातत्त्व विभागको २०४२ सालको अभिलेखमा पनि बेलाबेला पानीको निकासमा समस्या आएर हिटी बन्द हुने उल्लेख गरिएको छ ।

उक्त हिटीको निकास नारायणहिटी संग्रहालयभित्र बग्ने टुकुचा खोलासम्म पुग्ने संरचनामा जोडिएको छ। करिब ८ महिनासम्म हिटीको निकास प्रणाली र पानीको स्रोतमा निरन्तर काम गरिएको थियो। त्यसको परिणामस्वरूप अहिले सो हिटीमा दुईवटा स्रोतबाट पानी आउन थालेको छ।

हाल उक्त हिटीमा निरन्तर रूपमा पानी प्रवाह भइरहेको छ र सम्पदा विभागमार्फत यसको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ। हिटीको परम्परागत प्रणाली पुनः सञ्चालनमा आएको महानगरले जनाएको छ । तस्बिरहरू :  सफल प्रकाश श्रेष्ठ (नेपाल फोटो लाइब्रेरी)

nakxal hiti (2)nakxal hiti (3)nakxal hiti (4)nakxal hiti (5)nakxal hiti (6)nakxal hiti (7)nakxal hiti (8)nakxal hiti (9)nakxal hiti (10)nakxal hiti (11)nakxal hiti (12)nakxal hiti (13)nakxal hiti (14)nakxal hiti (15)nakxal hiti (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप