अढाई दशकपछि नक्सालको हिटीमा फर्किएकाे पानीको प्रवाह (तस्बिरहरू)
काठमाडौँ । काठमाडौंको नक्सालस्थित ढुंगे धारा (हिटी)मा अढाई दशकपछि पानीको प्रवाह फर्किएको छ। अहिले सो हिटीमा दुईवटा स्रोतबाट पानी आउन थालेको छ। हाल उक्त हिटीमा निरन्तर रूपमा पानी प्रवाह भइरहेको छ । काठमाडौँ महानगरपालिकाको सम्पदा विभागमार्फत यसको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ। हिटीको परम्परागत प्रणाली पुनः सञ्चालनमा आएको हो ।
उक्त हिटीमा करिब २०५५ सालदेखि पानीको निकास नभएको स्थानीयले बताएका छन् । साथै, पुरातत्त्व विभागको २०४२ सालको अभिलेखमा पनि बेलाबेला पानीको निकासमा समस्या आएर हिटी बन्द हुने उल्लेख गरिएको छ ।
उक्त हिटीको निकास नारायणहिटी संग्रहालयभित्र बग्ने टुकुचा खोलासम्म पुग्ने संरचनामा जोडिएको छ। करिब ८ महिनासम्म हिटीको निकास प्रणाली र पानीको स्रोतमा निरन्तर काम गरिएको थियो। त्यसको परिणामस्वरूप अहिले सो हिटीमा दुईवटा स्रोतबाट पानी आउन थालेको छ।
हाल उक्त हिटीमा निरन्तर रूपमा पानी प्रवाह भइरहेको छ र सम्पदा विभागमार्फत यसको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ। हिटीको परम्परागत प्रणाली पुनः सञ्चालनमा आएको महानगरले जनाएको छ । तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ (नेपाल फोटो लाइब्रेरी)
_a7SaGUPphy.jpg)
_Y8gfYqnaIa.jpg)
_CmuePN3wnM.jpg)
_lN9hiTTQMs.jpg)
_VCzOBRjDGz.jpg)
_vpBivn7gnK.jpg)
_XethpsTsjg.jpg)
_RRqa8UeSSq.jpg)
_He05WEpMyK.jpg)
_gu3AJ3ZXZ4.jpg)
_PK9mbkDENn.jpg)
_KzA02FEpkb.jpg)
_3ShUphuc8P.jpg)
_MhYRyb205B.jpg)
_E4jWieyWjY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण