शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खुमलटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक

बिहीबार, २२ जेठ २०८२, ०८ : ४०
बिहीबार, २२ जेठ २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बैठक बसेको हो । 

बैठकमा संसद्को काम कारबाही, टीआरसी र अग्नि सापकोटाविरुद्ध सर्वोच्चको  आदेश लगायतका विषयमा छलफल हुने प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । 

बुधबार सर्वोच्चको संवैधानिक इजलासले द्वन्द्वकालीन घटनामा सापकोटाविरुद्ध परेका उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । सापकोटा विरुद्धको अनुसन्धान अघि नबढाउन निर्देशन दिने तत्कालीन सरकारको निर्णयलाई समेत सर्वोच्चले बदर गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप