मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय
‘जेन–जी’का लागि सूचना तथा समाचारको मुख्य स्रोत सामाजिक सञ्जाल
रातोपाटी सर्वेक्षण

‘जेन–जी’का लागि सूचना तथा समाचारको मुख्य स्रोत सामाजिक सञ्जाल

१४ प्रतिशतले सूचना तथा समाचार भेरिफाइ गर्दैनन्
मङ्गलबार, २७ जेठ २०८२

काठमाडौँ । ‘जेन–जी’ पुस्ताका नेपालीले सामाजिक सञ्जाललाई नै सूचना तथा समाचारको मुख्य स्रोत बनाउने गरेको पाइएको छ ।

रातोपाटीले जेन–जी पुस्ताका एक हजार १९ जनामा गरेको मत सर्वेक्षणमा ७०. प्रतिशत अर्थात् ७१८ जनाले सामाजिक सञ्जालबाटै सूचना तथा समाचार पढ्ने–सुन्ने गरेको बताएका छन् ।

यस्तै, २२ प्रतिशत अर्थात् २२४ जनाले अनलाइन न्युज पोर्टललाई सूचना तथा समाचारको स्रोतका रूपमा प्रयोग गरेको बताएका छन् । ७.६ प्रतिशत अर्थात् ७७ जनाले भने सूचना तथा समाचारका लागि पत्रिका तथा टेलिभिजनमा भर पर्ने जनाएका छन् ।

  • सामाजिक सञ्जाललाई सूचना तथा समाचारको स्रोत मान्ने कर्णालीमा बढी

भौगोलिक रूपमा विकट तथा पूर्वाधारका हिसाबले पिछडिएको कर्णालीमा जेन–जी पुस्ताका धेरैजसोले सामाजिक सञ्जाललाई नै सूचना तथा समाचारको स्रोतका रूपमा लिने गरेको पाइएको छ ।

कर्णालीका ७५.३ प्रतिशतले सामाजिक सञ्जाललाई सूचना तथा समाचारको मुख्य स्रोत बनाएको बताएका छन् । यस्तै, १८.७ प्रतिशतले अनलाइन न्युज पोर्टललाई आफ्नो सूचना तथा समाचारको मुख्य स्रोत बनाउँदा ६ प्रतिशतले चाहिँ पत्रिका तथा टेलिभिजन रोजेका छन् ।

कोशीका १४७ मध्ये ७३.५ प्रतिशतले सूचना तथा समाचारको मुख्य स्रोत सामाजिक सञ्जाल रहेको बताएका छन् । यस्तै, २१.८ प्रतिशतले अनलाइन न्युज पोर्टल आफ्नो सूचना तथा समाचारको मुख्य स्रोत रहेको जनाएका छन् । ४.८ प्रतिशतले भने पत्रिका तथा टेलिभिजनलाई सूचना तथा समाचारको मुख्य स्रोत मानेका छन् ।

मधेसका ६४.८ प्रतिशतले आफ्नो सूचना तथा समाचारको मुख्य स्रोत सामाजिक सञ्जाल रहेको जनाएका छन् । यस्तै, २८ प्रतिशतले सूचना तथा समाचारको मुख्य स्रोत अनलाइन न्युज पोर्टल रहेको बताउँदा ७.२ प्रतिशतले पत्रिका तथा टेलिभिजनलाई मुख्य स्रोत मानेका छन् ।

बागमतीबाट सर्वेक्षणमा सहभागी ६७.३ प्रतिशतले सामाजिक सञ्जाललाई सूचना तथा समाचारको मुख्य स्रोत बनाएको बताएका छन् । २३ प्रतिशतले अनलाइन न्युज पोर्टललाई त्यस्तो स्रोत बनाएका छन् भने ९.८ प्रतिशतले पत्रिका तथा टेलिभिजन नै सूचनाको मुख्य स्रोत रहेको जबाफ दिएका छन् ।

गण्डकीका ७१.७ प्रतिशतले सूचना तथा समाचारको स्रोत सामाजिक सञ्जाल रहेको बताएका छन् । यस्तै, अनलाइन न्युज पोर्टललाई सूचना तथा समाचारको स्रोत मान्ने २३.६ प्रतिशत छन् । पत्रपत्रिका तथा टेलिभिजन आफ्नो सूचना तथा समाचारको स्रोत हो भन्ने ४.७ प्रतिशत छन् ।

लुम्बिनीका ७३.३ प्रतिशतले सामाजिक सञ्जाल नै आफ्नो सूचना तथा समाचारको मुख्य स्रोत रहेको बताउँदा १४.७ प्रतिशतले अनलाइन न्युज पोर्टललाई त्यस्तो स्रोत मानेका छन् । १२ प्रतिशतले भने पत्रिका तथा टेलिभिजन आफ्नो सूचना तथा समाचारको स्रोत रहेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशका ६७.१ प्रतिशतले सामाजिक सञ्जाललाई आफ्नो सूचना तथा समाचारको मुख्य स्रोत बनाएका छन् । यस्तै, २५.३ प्रतिशतले अनलाइन न्युज पोर्टल र ७.५ प्रतिशतले पत्रिका तथा टेलिभिजन नै सूचना तथा समाचारको मुख्य स्रोत रहेको बताएका छन् ।

  • १४ प्रतिशतले सूचना तथा समाचार भेरिफाइ गर्दैनन्

सर्वेक्षणमा सहभागी १४ प्रतिशतले आफूले कुनै माध्यमबाट पाएको सूचना तथा समाचार सही हो या होइन भन्नेबारे ‘भेरिफाइ’समेत नगरेको पाइएको छ ।

सर्वेक्षणमा सहभागीमध्ये १४७ जना अर्थात् १४.४ प्रतिशतले आफ्नो जानकारीमा आएको सूचना तथा समाचार भेरिफाइ नगर्ने बताए । ६२० जना अर्थात् ६०.८ प्रतिशतले मूलधारका मिडिया हेरेर सूचना तथा समाचार भेरिफाइ गर्ने गरेको बताएका छन् ।

२४.७ प्रतिशत अर्थात् २५२ जनाले आफ्नो जानकारीमा आएको सूचना तथा समाचारबारे कसैसँग सोधेर भेरिफाइ गर्ने गरेको जनाएका छन् ।

कोशीबाट सर्वेक्षणमा सहभागी ७५.५ प्रतिशतले मूलधारको मिडिया हेरेर आफूले सूचना तथा समाचार भेरिफाइ गर्ने गरेको बताएका छन् । यस्तै, १३.६ प्रतिशतले कसैसँग सोधेर भेरिफाइ गर्ने र १०.९ प्रतिशतले भेरिफाइ नगर्ने जबाफ दिएका छन् ।

मधेसका ६६.४ प्रतिशतले आफूले थाहा पाएको सूचना तथा समाचारलाई मूलधारको मिडिया हेरेर भेरिफाइ गर्ने गरेको बताएका छन् । मधेसका २२.४ प्रतिशतले कसैसँग सोधेर सूचना तथा समाचार भेरिफाइ गर्ने गरेको बताउँदा ११.२ प्रतिशतले भेरिफाइ नगर्ने बानी रहेको जनाएका छन् ।

बागमती प्रदेशका १३.८ प्रतिशतले आफूसँग आएका सूचना तथा समाचार भेरिफाइ नगर्ने बताएका छन् । मूलधारको मिडिया हेरेर भेरिफाइ गर्छु भन्ने ५९.८ प्रतिशत छन् भने कसैसँग सोधेर भेरिफाइ गर्छु भन्ने २६.४ प्रतिशत छन् ।

गण्डकीका ७२.४ प्रतिशतले मूलधारको मिडिया हेरेर आफूले सूचना तथा समाचार भेरिफाइ गर्ने गरेको बताएका छन् । गण्डकीका १८.९ प्रतिशतले सूचना तथा समाचारलाई भेरिफाइ नै नगर्ने बताएका छन् । कसैसँग सोधेर भेरिफाइ गर्छु भन्ने ८.७ प्रतिशत छन् ।

लुम्बिनीका १४ प्रतिशतले आफ्नो जानकारीमा आएका सूचना तथा समाचार भेरिफाइ नगर्ने बताएका छन् । ५७.३ प्रतिशतले चाहिँ मूलधारको मिडिया हेरेर भेरिफाइ गर्ने बताए भने २८.७ प्रतिशतले कसैसँग सोधेर भेरिफाइ गर्ने गरेको बताएका छन् ।

कर्णालीका ५५.३ प्रतिशतले मूलधारको मिडिया हेरेर, ३३.३ प्रतिशतले कसैसँग सोधेर सूचना तथा समाचार भेरिफाइ गर्ने गरेको बताएका छन् भने ११.३ प्रतिशतले भेरिफाइ नगर्ने बताए ।

सुदूरपश्चिम प्रदेशका २१.२ प्रतिशतले प्राप्त सूचना तथा समाचार सही हो कि होइन भनेर भेरिफाइ नगर्ने गरेको पाइएको छ । यस्तै, ४१.८ प्रतिशतले मूलधारको मिडिया हेरेर सूचना तथा समाचार भेरफाइ गर्छु भनेर जबाफ दिएका छन् । ३७ प्रतिशतले चाहिँ कसैसँग सोधेर भेरिफाइ गर्ने बताएका छन् ।

(कोशीबाट अर्जुन आचार्य, मधेसबाट अली असगर देवान, बागमतीबाट गणेश दुलाल, गण्डकीबाट प्रकाश ढकाल, लुम्बिनीबाट तेजेन्द्र केसी, कर्णालीबाट पंखबहादुर शाही र सुदूरपश्चिमबाट सविता बुढाको सहयोगमा ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया