अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
रसुवा । कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाले कानुन बमोजिम इजाजत लिएर मात्र मदिरा, सुर्ती, गुट्खालगायत अन्तशुल्कजन्य वस्तुको बिक्री वितरण तथा कारोबर गर्न सम्बद्ध व्यवसायीहरूसँग आग्रह गरेको छ ।
विना इजाजत मदिरा एवं सूर्तीजन्य वस्तुको कारोबार भइरहेको भन्ने जानकारी प्राप्त भएकाले कानुन विपरीत काम नगर्न अनुरोध गर्दै त्यसो गरेको पाइएमा अन्तःशुल्क ऐन बमोजिम कारबाही गरिने कोलनिकाले स्पष्ट गरेको छ ।
जिल्ला सदरमुकाम धुञ्चेसहित स्याफ्रुबेँसी, टिमुरे, थाम्बुचेत, बेत्रावती, जिबजिबे, पारच्याङलगायतका व्यापारिकस्थलका केही व्यवसायीले इजाजतपत्र नलिइकन मदिरा तथा सूर्तीजन्य वस्तुको कारोबार गरिरहेको भन्ने जानकारी प्राप्त हुनासाथ कोलनिकाले जनचेतनासहित प्रचारप्रसारको कामलाई प्राथमिकता दिएको छ ।
प्रमुख कोष नियन्त्रक विन्ध्या कार्कीले जिल्लास्थित उद्योग वाणिज्य सङ्घका प्रतिनिधिसहित सम्बद्ध पेसामा आबद्ध व्यवसायीको सहभागितामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन् ।
जिल्लास्थित प्रमुख कोष नियन्त्रक कार्कीका अनुसार हालसम्म गोसाइँकुण्ड गाउँपालिकाका ७४ जना, आमाछोदिङ्मो गाउँपालिकाका एक जना, कालिका गाउँपालिकाका २४ जना, नौकुण्ड गाउँपालिकाका चार जना तथा उत्तरगया गाउँपालिकाका ६ जना व्यवसायीले मात्र अन्तःशुल्क बिक्री वितरणको अनुमति लिएका अभिलेख छ ।
कोलिनिकाले जिल्लामा अझै पनि उल्लेख्य सङ्ख्याका व्यावसायीले इजाजत नलिइकन कारोबार गरिरहेको देखिएकाले यथासक्य छिटो इजाजतपत्र लिएरमात्र पेशाव्यवासय गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ । अन्तःशुल्कको अनुमति प्राप्त गर्न आन्तरिक राजस्व कार्यालय, गल्छीबाट स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने प्रमुख कोष नियन्त्रक कार्कीले जानकारी दिइन् ।
जिल्लास्थित कोलनिकाले चालु आवको साउनदेखि चैत मसान्तसम्म अन्तःशुल्क शीर्षकबाट रु आठ लाख ९९ हजार ७५० राजस्व सङ्कलन गरेको जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण