निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
झापा । मेचीनगर नगरपालिकाले वडा नं ७ भएर बग्ने निन्दा नदीको किनारमा बाढी नियन्त्रण तथा कटान रोकथामका लागि प्राकृतिक तटबन्धको रूपमा चार हजार बाँसका बिरुवा रोपेको छ ।
परम्परागत रूपमा गरिने ढुङ्गा र जालीको महँगो तटबन्धको विकल्पका रूपमा बाँसका बिरुवा रोपेको मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए ।
मेचीनगर नगरपालिका–७ स्थित पूर्वी निन्दा करिडोरबाट करिब पाँच किलोमिटर दक्षिणसम्म नदी किनारमा बाँसका बिरुवा रोपिएका हुन् ।
“बाँसका बिरुवा बाढी नियन्त्रणका निम्ति उपयोगी हुन्छन्”, उनले भने, “बाँसलाई सही तरिकाले हुर्काउन सकियो भने यसले बाढी र भूक्षय नियन्त्रण हुन्छ ।”
नगरपालिकाले चालु आर्थिक वर्षभित्रै मेचीनगर वडा नं. ७ र १५ का नदी तटीय क्षेत्रमा आठ हजार बाँसका बिरुवा रोप्ने योजना तर्जुमा गरेको छ ।
नदी कटान तथा भूक्षय रोक्न र वातावरण सन्तुलनका निम्ति राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको सहयोगमा ‘बङ्गलादेशी काँडे बाँस’ प्रजातिका बिरुवा रोपिएका हुन् ।
झापामा नदी नियन्त्रणका लागि बाँसमा आधारित जैविक तटबन्धको प्रयोग यसअघि कनकाई नगरपालिकामा गरिएको थियो । जिल्लाका अन्य नदी किनारमा पनि बाँस तथा भेटिभर (एक प्रकारको जरा फैलिने घाँस) प्रयोग गरेर कटान रोक्ने प्रयास हुँदै आएको छ ।
कनकाई नदीको तटीय क्षेत्रअन्तर्गत शिवसताक्षी र झापा गाउँपालिका क्षेत्रमा विगतमा बाँस र भेटिभर रोपेर जैविक तटबन्ध निर्माण गरिएको थियो । यसले नदीको धार परिवर्तन हुनबाट जोगाएको छ ।
यसैगरी, मेचीनगरको हँडिया र भद्रपुर नगरपालिका क्षेत्रमा पर्ने नदी किनारमा पनि स्थानीय उपभोक्ता समिति र विभिन्न गैरसरकारी संस्थाको सहयोगमा बाँसका बिरुवा रोपिएका थिए । यसले पनि भूक्षय नियन्त्रण गरेको छ ।
मावा र रतुवा नदी आसपासका क्षेत्रमा दमक नगरपालिका र कमल गाउँपालिकाले पनि चुरे क्षेत्रबाट आउने भेल नियन्त्रणका लागि बाँस र अम्रिसो रोपणलाई प्राथमिकता दिएका छन् ।
बाँसका जराले माटोलाई मजबुत रूपमा समात्ने भएकाले तीव्र बहावले समेत कटान गर्न नसक्ने विशेषज्ञहरूको भनाइ छ । ढुङ्गा–जालीको तटबन्धको तुलनामा बाँसको तटबन्ध सस्तो, दिगो र वातावरणमैत्री हुने मानिन्छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण