शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

नागार्जुनबाट गहना र नगद चोरी

बिहीबार, २९ जेठ २०८२, १४ : १७
बिहीबार, २९ जेठ २०८२

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका-४ मा बुधबार दिउँसो चोरी भएको छ । बाफल डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका-१ घर भएकी २६ वर्षीया रेश्मा गोपालीको कोठामा चोरी भएको हो । 

चोरले सुन तथा चाँदीका गरगहना र नगद गरी करिब १ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीको भनाई छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप