अब काँधमा मरेको सिनो हालेर हिँड्न सकिँदैन, अर्ली महाधिवेशन गरौँ : रामकुमारी झाक्री
शनिबार, १४ असार २०८२, २१ : ५७
१
सारांश
- नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाक्रीले पार्टीमा सङ्कट आएको बताइन्।
- उनले अध्यक्ष माधवकुमार नेपालका कारण पार्टीमा समस्या आएको र पुनर्गठन गर्नुपर्ने धारणा राखिन्।
- झाक्रीले चाँडै पार्टी महाधिवेशन गर्नुपर्ने र नेतृत्व चयन प्रक्रियामा जोड दिइन्।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाक्रीले अध्यक्ष माधवकुमार नेपालका कारण पार्टीमा सङ्कट आएकोले पार्टी पुनर्गठन गरेर जानुपर्ने बताएकी छन् । नेतृ झाक्रीले त्यसका लागि अर्ली (चाँडै) पार्टी महाधिवेशन गर्नुपर्ने समेत बताइन् ।
शनिबार राजधानीमा युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ झाक्रीले भनिन्- ‘म त भन्छु अर्लि महाधिवेशन गरौँ । कानुनी र संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । कयौँ पार्टी सदस्यहरूमा पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’
उनले हलबाट नेतृत्व छान्दा जो कोही पनि नेतृत्वमा आउन सक्ने बताइन् । टिका लगाएर ल्याइएको केन्द्रीय सदस्यहरूबाट पार्टी बन्न नसक्ने र धेरै छिटो विघटनतर्फ जाने खतरा रहेको समेत नेतृ झाक्रीको भनाई थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण