शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

नेपालमा पहिलो पटक फाइभ ‘ए’ साइड हकी हुँदै

बिहीबार, १९ असार २०८२, २० : २५
बिहीबार, १९ असार २०८२

काठमाडौँ । नेपाल हक्की सङ्घको आयोजनामा पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ’ए’ साइड हकी प्रतियोगिता हुने भएको छ ।नेपालमा पहिलो पटक फाइभ ए साइड इन्डोर हक्की प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता भक्तपुरको थिमीस्थित मिड भ्याली कलेजको फुटसलमा उक्त इन्डोर हकी हुनेछ । 

प्रतियोगितामा कोशी, मधेस, बागमती, गण्डकी, सुदूरपश्चिम र नेपाल आर्मी क्लब गरी पाँच टोलीले प्रतिस्पर्धा गर्ने नेपाल हक्की सङ्घका महासचिव सूवर्ण श्रेष्ठले जानकारी दिइन् । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन् ।

समूह ’ए’ मा कोशी, बागमती र सुदूरपश्चिम तथा ’बी’ मा आर्मी, गण्डकी र मधेस छन् । यस प्रतियोगिता लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको टेक्निकल डाइरेक्टरले जानकारी दिए । उनका अनुसार यो फाइभ ए साइडमा कुल २० मिनेटको खेल हुनेछ । 

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ट्रफी पाउनेछ । साथै विधागत उत्कृष्टअन्तर्गत गोलकिपर, डिफेन्डर, सर्वाधिक स्कोरर र इमर्जिङ प्लेयरले पनि ट्रफी पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप