कलाकार बाबा पाख्रिन माओवादीमा प्रवेश
शनिबार, २१ असार २०८२, १४ : ३८
सारांश
- कलाकार बाबा पाख्रिन माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पाख्रिनसहित अन्यलाई पार्टीमा स्वागत गरे।
- पार्टी प्रवेश कार्यक्रम पेरिसडाँडामा पर्सा-काठमाडौँ सम्पर्क समन्वय समितिले आयोजना गरेको थियो।
काठमाडौँ । कलाकार बाबा पाख्रिन लगायत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय कलाकार पाख्रिनलगायत दर्जनौँलाई पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण