शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

समृद्धि हासिल गर्न नीतिगत सुधार गर्नुपर्छ : प्रचण्ड

सोमबार, ०५ साउन २०८२, १० : ०६
सोमबार, ०५ साउन २०८२

सारांश

  • पूर्व प्रधानमन्त्री प्रचण्डले आर्थिक समृद्धिका लागि नीतिगत सुधार आवश्यक रहेको बताए ।
  • उनले निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको र सहज वातावरण बनाउनुपर्ने कुरा गरे ।
  • प्रचण्डले राज्यले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन् । सोमबार सीएनआई (नेपाल उद्योग परिसंघ) का नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भेट गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

त्यस क्रममा प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे । राज्यको माइन्ड सेट परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीतिगत सुधारको आवश्यकता रहेको उनको भनाइ छ । 

‘निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन,’ अध्यक्ष प्रचण्डले भने, ‘राज्यले सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ ।’

सीएनआइका पदाधिकारीहरूले पनि मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रले खेलेको भूमिका र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भएको सहकार्य वातावरण सशक्त रहेको स्मरण समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप