महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
शुक्रबार, २२ जेठ २०८३, १३ : १४
सारांश
- विश्व वातावरण दिवसको अवसरमा सडक डिभिजन काठमाडौँले महाराजगन्ज–धोबी खोला सडक खण्डको हरित पेटीमा ज्याकारान्डा प्रजातिका बिरुवा रोपेको छ ।
- विकास र वातावरण संरक्षणलाई सँगसँगै लैजाने उद्देश्यका साथ यो वृक्षारोपण गरिएको हो ।
- यस अभियानले पूर्वाधार निर्माणका गतिविधिहरूलाई वातावरणमैत्री बनाउँदै हरित पूर्वाधारको अवधारणालाई कार्यान्वयन गर्ने उद्देश्य राखेको छ ।
काठमाडौँ । विश्व वातावरण दिवसको अवसर पारेर सडक डिभिजन काठमाडौँले हालै निर्माण सम्पन्न भएको महाराजगन्ज–धोबी खोला (रिङरोड) खण्डको हरित पेटीमा ज्याकारान्डा प्रजातिका बिरुवा रोपेको छ ।
विकास र वातावरण संरक्षणलाई सँगसँगै लैजाने उद्देश्यका साथ यो वृक्षारोपण गरिएको डिभिजन प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए ।
सडक विस्तार र स्तरोन्नतिसँगै वातावरणीय सन्तुलनलाई प्राथमिकतामा राख्ने प्रयास स्वरूप यो कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । पूर्वाधार निर्माणका गतिविधिहरूलाई वातावरणमैत्री बनाउँदै हरित पूर्वाधारको अवधारणालाई कार्यान्वयन गर्ने उद्देश्य यस अभियानले राखेको बताए ।
डिभिजन प्रमुख देवकोटाका अनुसार, विकास र वातावरण संरक्षण एक अर्काका प्रतिस्पर्धी नभई परिपूरक पक्ष हुन् भन्ने सन्देश प्रवाह गर्न यस किसिमको वृक्षारोपणले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण