बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

फर्की आएँ : ६ दिने चीन भ्रमणपछि प्रधानमन्त्री स्वदेश फिर्ता (फोटोफिचर)

आइतबार, १० असार २०७५, १० : ०९
आइतबार, १० असार २०७५

काठमाडौं । छिमेकी मुलुक चीनको ६ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डल आज स्वदेश फर्किएका छन् । 

प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आइपुगेका हुन् उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरेका थिए । 

प्रतिनिधि मण्डलले चीन भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङ लगायतका उच्च राजनीतिक भेटवार्ता गरेको थियो ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा केरुङ्ग–काठमाडौं रेलवे कनेक्टिभिटीमा सहकार्य, नेपालले कार्गो यातायताका लागि तिब्बतीयन राजमार्ग उपयोग गर्ने सम्बन्धी प्रोटोकल, तातोपानी र रसुवामा मितेरी पुल पुननिर्माण, उर्जा, आर्थिक, प्राविधिक लगायत विषयमा समझदारी भएको थियो । 

त्यसक्रममा राष्ट्रपति सीको उपस्थितिमा चिनियाँ निजी क्षेत्रसँग ९ र प्रधानमन्त्री लीसँग १४ बुँदे सहमति भएको थियो ।

प्रधानमन्त्रीको टोलीमा ओली पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठलगायत छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप