विद्यार्थीले सोधे जनवादी शिक्षाको अर्थ र औचित्य कसरी पुष्टि हुन्छ ? प्रचण्डले भने– सजिलै हुन्छ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लेख गरिएको शिक्षा नीति कार्यान्वयन गरिए जनवादी शिक्षाको अर्थ र औचित्य पुष्टि हुने बताएका छन् ।
बिहीबार काठमाडौँमा अखिल क्रान्तिकारीले गरेको शैक्षिक संवादमा सहभागी आर आर क्याम्पसका एक विद्यार्थीले अध्यक्ष प्रचण्डलाई माओवादी आन्दोलनले भन्ने गरेको जनवादी शिक्षाको अर्थ र औचित्य कसरी पुष्टि हुन्छ भनेर प्रश्न सोधेका थिए ।
त्यसको जवाफ दिँदै प्रचण्डले भने,‘संविधानमा उल्लेख गरिएको शिक्षा नीति कार्यान्वयन गरे सजिलै औचित्य पुष्टि हुन्छ । किनभने शिक्षा आम नागरिकको पहुँचमा हुनुपर्यो । सबैले निःशुल्क शिक्षा पाउने अधिकारलाई कानुनमार्फत कार्यान्वयन गर्ने हो भने जनवादी शिक्षाको अर्थ र औचित्य पुष्टि हुन्छ ।’
उनले शैक्षिक संस्था आन्दोलन गर्ने थलोमात्र हुनु नहुने भन्दै त्यसका निम्ति आफ्नो ठाउँबाट भूमिका खेलिरहेको बताए ।
प्रचण्डले विश्व विद्यालयमा अध्ययनरत कतिपय विद्यार्थीहरू विदेश जान भिसा प्रक्रियामा लागेको सुनेको भन्दै अधिकार प्रयोग गर्दै स्वदेशमै रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने गरी लाग्नुपर्ने बताए ।
उनले विदेश पलायन समस्याको समाधान नभएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
-
सुदूरपश्चिम कांग्रेसभित्रको विवाद सुल्झाउन केन्द्रीय नेता धनगढीमा
-
पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण
-
के हुन्छ दिनहुँ कागती पानी पिउँदा ?
-
डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण