बलिउड कलाकार दीपराजले अभिनय गर्दै नेपाली फिल्म ‘सुख दुःख’
सारांश
- बलिउड अभिनेता दीपराज राणा नेपाली फिल्म 'सुख दुःख'मा देखिने भएका छन्।
- निर्माता निता ढुङ्गाना अधिकारीले उनलाई फिल्मका लागि अनुबन्ध गरेकी हुन्।
- फिल्ममा दीपराज, बिपना थापा, मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठको अभिनय रहनेछ।
काठमाडौँ । बलिउड फिल्म ‘साथिया’का अभिनेता दीपराज राणाले नेपाली फिल्म ‘सुख दुःख’मा अभिनय गर्ने भएका छन् । फिल्मकी निर्देशक निता ढुङ्गाना अधिकारीले उनलाई फिल्मको लागि अनुबन्धित गरेकी हुन् ।
सिंघम रिटन्र्स, प्रेम रतन धन पायो, दबंङ ३ लगायत पछिल्लो समय मेट्रो इन डिनो, बिल्ली उस्ताद, सितारे जमीं पर जस्ता फिल्ममा अभिनय गरेका दीपराजले नेपाली फिल्म कोहिनूरमा समेत अभिनय गरेका थिए । स्व. श्रीकृष्ण श्रेष्ठको उक्त फिल्ममा अभिनय गरेको लामो समयपछि उनी पुनः नेपाली फिल्ममा देखिन लागेका हुन् ।
निता यसै फिल्मबाट निर्देशक बन्न लागेकी हुन् । आगामी फागुनदेखि छायाङ्कन सुरु गर्ने तयारीमा रहेको यस फिल्मका लागि निर्माण टिमले हालै बिपना थापालाई पनि अनुबन्ध गरेको थियो ।
फिल्ममा दीपराज, बिपना बाहेक मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठ अनुबन्ध भइसकेका छन् । फिल्मको छायाङ्कनका लागि चर्चित भारतीय छायाकार कवीरलाल र शाहिदलाललाई अनुबन्ध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
-
भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार
-
त्रिविको पीएचडीसम्बन्धी नयाँ निर्देशिकाः यस्तो छ सुपरभाइजर हुन चाहिने शोधार्थीको योग्यता
-
सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण