फिल्म ‘ताराहरू’को ट्रेलरमा श्रीमान् श्रीमतीको सम्बन्धको कथा
काठमाडौँ । आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’को ट्रेलर सार्वजनिक भएको छ ।
३ मिनेट ९ सेकेन्डको ट्रेलरमा मध्यम वर्गीय परिवारले काठमाडौँमा गर्नुपरेको संघर्षको कथा प्रस्तुत गरिएको छ ।
श्रीमान् श्रीमतीको सम्बन्धको कथामा आधारित फिल्ममा आशान्त शर्मा, मेनुका प्रधान, मिरा खड्का लगायतको अभिनय देखिन्छ । यी तीन कलाकारको त्रिकोणात्मक सम्बन्ध ट्रेलरमा देखिन्छ ।
फिल्ममा मेनुका पृथक् चरित्रमा देखिएकी छन् । यसअघि क्लासिक पात्रको चरित्रहरूमा देखिने उनी यस फिल्ममा सामाजिक/संस्कृतिक रूढीहरू वा परम्परागत अपेक्षामा नबाँधिने, अनौपचारिक तरिकाले जीवन बिताउने पात्रको स्वरुपमा देखिएकी छन् ।
फिल्ममा आभास अधिकारी, मिरा खड्का, कुन्दुन शाक्य, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायत कलाकारले अभिनय पनि छ ।
निर्देशक शर्माकै कथा रहेको फिल्म आगामी भदौ ६ देखि प्रदर्शन हुनेछ। फिल्मले निम्न मध्यमवर्गीय परिवारमा जन्मेका व्यक्तिले आफ्नो सपना पूरा गर्न केकस्ता अवरोधहरूको सामना गर्नुपर्छ भन्ने देखाउने छ ।
वेज प्रालिको प्रस्तुति रहेको फिल्मका निर्माता गोपिनी सेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा हुन् । सह–निर्मातामा धनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा तथा युगविजय पंगेनी शर्मा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषाबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ
-
रास्वपाले संघीयता मास्न लागेको भन्दै आन्दोलनको तयारीमा जुटे मधेसकेन्द्रित नेताहरू
-
आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह
-
पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते
-
नवडर्माको नयाँ बानेश्वरबाट सेवा विस्तार
-
जेनजी आन्दोलनमा भागे, ब्राउन सुगरसहित फेरि समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण