आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

‘कश्यप’मार्फत फिल्ममा डेब्यु गर्दै टिकटकर आभा

सोमबार, २६ साउन २०८२, १४ : ५७
सोमबार, २६ साउन २०८२

काठमाडौंँ । चर्चित टिकटकर आभा ढुंगाना फिल्म अभिनयमा देखिने भएकी छन् ।

फिल्म ‘कश्यप’ मार्फत उनले अभिनयमा डेब्यु गर्न लागेकी हुन् । निर्देशक दिनेश जी खड्काले फिल्मका लागि ढुंगाना छानिएको जानकारी दिए । कथाअनुसार पात्र छनोटको अडिसनमा आभाको प्रतिभा तथा परफर्मेन्सलाई ध्यानमा राखेर फिल्मका लागि छानिएको निर्देशक खड्काले बताए । 

फिल्ममा छनोट भएसँगै आभा फिल्मको एक्सन दृश्यका लागि विशेष प्रशिक्षणमा समेत जुटेकी छन् । फिल्ममार्फत बालकलाकार रिद्दी खत्रीले पनि नेपाली रजतपटमा डेब्यु गर्न लागेकी छन् । उनी पनि अडिसनमार्फत चयन भएकी हुन् । 

‘फिल्मको कथा, गीत–संगीत र सम्पूर्ण पक्षलाई उत्कृष्ट बनाउन निर्माण टोलीले अत्यन्तै मिहिनेत गरिरहेको छ । मलाई विश्वास छ कश्यपले दर्शकहरूलाई मनोरञ्जन मात्र होइन, राम्रो सन्देश पनि दिनेछ,’ छनोटपछि ढुंगानले भनिन् ।

फिल्मको केही अगाडि फस्ट लुक्स सार्वजनिक गरिएको थियो । जसमा अभिनेता सविन श्रेष्ठ देखिएका थिए । एक्सन, प्रेम र म्युजिक विषयमा निर्माण हुने फिल्मको छायांकन तयारी भइरहेको छ । फिल्मको छायांकन डेट र अन्य कलाकार केही दिनमा सार्वजनिक गर्ने निर्माण युनिटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप