अदालत
रवि लामिछानेको निवेदनमाथि बहस सकियो
सोमबार, २६ साउन २०८२, १६ : ३८
सारांश
- रास्वपा सभापति रवि लामिछानेले रुपन्देही कारागारबाट रिहाइको माग गर्दै निवेदन दिएका छन्।
- जिल्ला अदालत रुपन्देहीमा बहस सकिएको छ र आजै आदेश आउन सक्ने सम्भावना छ।
- उनी सुप्रिम सहकारी ठगी अभियोगमा चैत २५ गतेदेखि पुर्पक्षका लागि थुनामा छन्।
काठमाडौँ । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमाथिको बहस सकिएको छ ।
न्यायाधीश नारायण सापकोटाको इजलासमा बहस सकिएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले जानकारी दिए । आज नै आदेश आउन सक्ने बताइएको छ ।
लामिछाने गत चैत २५ गतेदेखि बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका छन् । चैत २२ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो । त्यसअघि रुपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा छुटेका थिए ।
तर लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै फेरि जिल्ला अदालत रुपन्देहीमा साउन १९ गते निवेदन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त
-
खैरो हेरोइनसहित एक जना पक्राउ
-
निःशुल्क विश्वकप हेर्न खोज्दा ११५ जनाले गुमाए २ करोड २९ लाख
-
झलनाथ खनालको आह्वान : वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाऔँ
-
प्रतिनिधि सभाबाट दुई विधेयक पारित, पूरा भयो बजेट प्रक्रिया
-
बजेट असारभित्रै पारित हुन्छ, सरकार ढल्दैन : मुख्यमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण