शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

कार्यकर्ताको नाराबाजीबिच रविलाई नख्खु कारागार पुर्‍याइयो ( भिडियो र तस्बिरहरू)

शनिबार, ३१ साउन २०८२, १८ : ०८
शनिबार, ३१ साउन २०८२

सारांश

  • रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौँ सरुवा गरिएको छ।
  • लामिछानेलाई नख्खु कारागारमा ल्याउँदा नेता तथा कार्यकर्ताले नाराबाजी गरे।
  • लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा थिए।

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरी काठमाडौँ ल्याइएको छ। लामिछानेलाई बुद्ध एयरको विमानबाट शनिबार दिउँसो भैरहवाबाट काठमाडौँ ल्याइएको हो ।

लामिछानेलाई नख्खु कारागारमा ल्याउँदा कारागारबाहिर नेता तथा कार्यकर्ताको भीड लागेको थियो । उनीहरूले रविको पक्षमा नाराबाजी गरेका थिए ।

बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका लामिछाने २०८० साल चैत २५ गतेदेखि रुपन्देही कारागारमा थिए। उनले गत जेठमै काठमाडौँस्थित नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। अदालतले अनुमति दिए पनि गृह प्रशासनले प्रक्रिया रोकेको थियो।

rabi nakkhu (1)rabi nakkhu (2)rabi nakkhu (3)rabi nakkhu (4)rabi nakkhu (5)rabi nakkhu (6)rabi nakkhu (7)rabi nakkhu (8)rabi nakkhu (9)rabi nakkhu (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप