शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनीका ६ जिल्लामा भदौ ८ गते सार्वजनिक बिदा

बिहीबार, ०५ भदौ २०८२, २० : ३४
बिहीबार, ०५ भदौ २०८२

बुटवल । लुम्बिनी प्रदेश सरकाले भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका ६ वटा जिल्लामा सार्वजनिक बिदा दिने भएको छ । 

प्रदेश सरकारले बिहीबार थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा बर्का अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा निर्णय गरेको हो । 

प्रदेशका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ । थारू समुदायमा बर्का अट्वारी पर्व हर्षाेल्लासका साथ मनाइन्छ । यस वर्ष यो पर्व ८ गते आइतबार परेको छ । 

यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘ब्रत’ बस्ने चलन छ । यो पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने धार्मिक मान्यता छ । 

पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप