नबिल बैंक र निम्बजबिच अन्तर्राष्ट्रिय डाटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता
काठमाडौँ । नबिल बैंक लिमिटेड र निम्बजबिच डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यो समझदारीसँगै नबिल बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत विभिन्न मुलुकका लागि डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा लिन सक्ने भएको छ ।
बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बाजगाईँ र निम्बजका निर्देशक ऋषभ तिमिल्सिनाले एक कार्यक्रमकाबिच सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतापछि अब बैंकको एपमार्फत ग्राहकले चीन, भारत, अमेरिका, अष्ट्रेलिया, दुबई, थाइल्यान्ड, कतार, जापान, कोरिया, इटाली, फ्रान्स, क्यानाडा लगायत २०० भन्दा बढी देश र क्षेत्रका लागि डाटा ई–सिम लिन सक्नेछन् ।
बैंकका अनुसार विभिन्न देश र क्षेत्रमा भ्रमणमा जाने, विद्यार्थी तथा वैदेशिक रोजगारीमा जानेले बैंकको एपबाटै सम्बन्धित देशको अन्तर्राष्ट्रिय डाटा प्लान खरिद गर्न सक्नेछन् ।
विदेश जाने बित्तिकै इन्टरनेटको समस्या हुने, सिम खरिदका लागि केवाइसी फारम भर्नुपर्ने र विदेशी मुद्रा बुझाउनुपर्ने बाध्यतालाई मध्यनजर गरी यो सम्झौता गरिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बाजगाइँले बताए । साथै उनले एपबाटै सजिलै आफू अनुकुलको डाटा प्याकेज खरिद गर्न सकिने जानकारी दिए ।
यसका साथसाथै एनबैंक एपबाटै अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट पनि लिन सकिनेछ । बैंकका अनुसार संयुक्त राष्ट्रसंघको मापदण्डअनुसार तयार हुने उक्त अनुमतिपत्र १९० भन्दा बढी देशका लागि मान्य हुन्छ ।
बैंकका ग्राहकले यसका लागि एपमार्फत १० मिनेटभित्रै अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । यो अनुमति पत्र लिनका लागि आफ्नो सवारी चालक अनुमतिपत्र अपलोड गर्नुपर्नेछ ।
यो माध्यमबाट अनुमति लिँदा परीक्षा दिन पर्दैन भने २४ घण्टामा विद्युतीय अनुमतिपत्र उपलब्ध हुन्छ । यसलाई डिजिटल वा फिजिकल कार्ड दुवै स्वरूपमा प्राप्त गर्न सकिने जनाइएको छ ।
निम्बजका निर्देशक तिमिल्सिनाले यो सेवाले विद्यार्थी, वैदेशिक रोजगारमा जाने तथा अन्तर्राष्ट्रिय यात्रुहरूलाई सीमापार आवागमनलाई सहज र तनावमुक्त बनाउने विश्वार व्यक्त गरे ।
निम्बज एक अग्रणी सुपरएप हो जसमा च्याट तथा भिडियो कल, सामाजिक सञ्जाल, लाइभ स्ट्रिमिङ, किनमेल, ओटिटि मूभी, डिजिटल वालेट, क्विज, गेम तथा अन्य सुविधाहरू एकै प्लेटफर्ममा एकीकृत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण