बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बैतडीमा पहिरो, एक घर पुरियो

सोमबार, १६ भदौ २०८२, १२ : ००
सोमबार, १६ भदौ २०८२

धनगढी ।  बैतडीमा वर्षासँगै खसेको पहिरोमा एक घर पुरिएको छ। आइतबार अपराह्न सुर्नया गाउँपालिका–२ कटनोली चौपातामा माथि रहेको कच्ची सडकबाट खसेको पहिरोले घर पुरिएको प्रहरीले जनाएको हो।

स्थानीय गिरिस चन्दको दुई तले घर पुरिएको हो। घर पुरिँदा ९० वर्षीया गोदावरी चन्द गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

उनका अनुसार घाइतेलाई थप उपचारका लागि डडेलधुरा पठाइएको छ । पहिराले घरको गोठमा रहेका १३ पशुसमेत पुरिएर मरेका छन्। चार गाई, एक गोरु, पाँच बाख्रा र तीन खसी पुरिएर मरेका हुन्। 

अन्य घरभित्र रहेका अन्य धनमाल, अन्नपात र लत्ताकपडा पनि पुरिएका प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप