‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
बिहीबार, २१ जेठ २०८३, २२ : १७
काठमाडौँ । पूर्वप्रधानजमन्त्री बाबुराम भट्टराईले पुस्तान्तरण भइसकेको नेपाली राजनीति फेरि पुरानैतिर फर्कने सम्भावना नरहेको बताएका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै डा. भट्टराईले नयाँको विकल्प झन् नयाँ मात्र हुन सक्ने बताए।
उनले सरकारका गल्ती कमजोरीको आलोचना गर्दै पूरा कार्यकाल काम गर्न दिनुपर्नेमा समेत जोड दिए । अब कसैलाई पुरानै अस्थिरताको खेल खेल्ने र देशलाई गरिबी र बेरोजगारीको दुष्चक्रमा फसाइराख्ने छुट नरहेको समे उनले बताए ।
नयाँ पार्टीको नयाँ सरकार बनेको सय दिन पनि नपुगेको बताउँदै उनले लेखेका छन्,‘देशको राजनीति उही पुरानै दन्तबझानमा अल्झिने, संसद् अवरुद्ध हुने, आधारभूत जनताका एजेण्डा अलपत्र पर्ने सङ्केत देखिनु विडम्बनापूर्ण छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
-
अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण