आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

बालुवाटार छाडेर कहाँ गए केपी ओली ?

मङ्गलबार, २४ भदौ २०८२, १८ : ३०
मङ्गलबार, २४ भदौ २०८२

काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाडेका छन् । उनले पदबाट राजीनामा दिएको केही समयपछि सरकारी निवास बालुवाटारमा आगजनी र तोडफोड भएको थियो । 

त्यसअघि नै ओली बालुवाटार छाडेर राजधानीकै बुढानीलकण्ठ नगरपालिकामा पर्ने शिवपुरी ब्यारेकमा गएको खुलेको छ । 

सेनाको हेलिकप्टरमार्फत बालुवाटारबाट उनी पत्नीसहित शिवपुरी गएका हुन् । उनलाई त्यहाँ सेनाको ब्यारेकमा राखिएको सुरक्षा स्रोतले जनाएको छ।  

जेनजी प्रदर्शन नियन्त्रण बाहिर गएपछि उनले मंगलबार दिउँसो प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप