आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

इजराइलद्वारा ७२ घण्टामा ६ देशमा हमला, २०० भन्दा बढीको मृत्यु

बिहीबार, २६ भदौ २०८२, १८ : २२
बिहीबार, २६ भदौ २०८२

जेरुसेलम । इजराइलले पछिल्लो ७२ घण्टामा गाजा (प्यालेस्टाइन) सहित सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया गरी ६ वटा देशमा आक्रमण गरेको छ । यी हमलामा २०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने १००० भन्दा बढी घाइते भएका छन् । यो सोमबारदेखि बुधबारसम्मको अवधिमा भएको हो । 

इजराइलले आफूले यी देशहरूमा रहेका आतंकवादी अखडाहरूलाई निशाना बनाएको बताएको छ । यस घटनालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग असन्तुष्टि व्यक्त गरेका छन् । 

यद्यपि इजरायली प्रधानमन्त्री नेतन्याहुले कतारको राजधानी दोहामा हमासका अधिकारीहरूमाथि गरिएको हमलाको बचाउ गरेका छन् । उनले यस हमलाको तुलना ९-११ को हमलापछि अमेरिकाले गरेको कारबाहीसँग गर्दै इजराइलले पनि सोही गरेको बताएका छन् । 

इजरायली सेनाले मंगलबार कतारको राजधानी दोहामा हवाई हमला गरेको थियो । यो हमला हमासका प्रमुख खलील अल-हय्यालाई निशाना बनाएर गरिएको थियो । यस हमलामा अल-हय्याका छोरा, कार्यालय निर्देशक, तीन सुरक्षा गार्ड र एक कतारी सुरक्षा अधिकारीसहित ६ जनाको मृत्यु भएको थियो । 

यस हमलाको समयमा हमासका नेताहरू अमेरिकी युद्धविराम प्रस्तावमाथि छलफल गरिरहेका थिए । यो हमलापछि हमासले युद्धविराम अस्वीकार गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप