पुनर्निर्माण कोषमा जम्मा गरिएको रकम आयकरबाट कट्टा गर्न पाइने
काठमाडौँ । पुनर्निर्माण कोषमा जम्मा गरिएको रकम आयकरमा कट्टा गर्न पाइने भएको छ । अर्थ मन्त्रालयले पुनर्निर्माण कोषमा रकम जम्मा गर्न आह्वान गर्दै यस्तो जनाएको हो ।
मन्त्रालयले नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह,निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरू, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थालाई कोषमा योगदान गरी राष्ट्र पुनर्निर्माणको अभियानमा सहभागी आह्वान गरिएको मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रभावकारी बनाउन भन्दै असोज ५ गते भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी गरेको थियो ।
उक्त आदेशले आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापना सम्बन्धी कार्यको लागि स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापनाको निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ क्याम्पसका स्ववियू सभापतिद्वारा त्रिवि पदाधिकारीलाई ध्यानाकर्षण
-
राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : कृष्ण सिटौला
-
पार्टी प्यालेसको पार्किङबाट चोरिएको स्कुटर खोज्दा खुल्यो गिरोहको रहस्य, ६ जना समातिए
-
भान्स र रुबियो इरान र लेबनान नीतिमा विभाजित हुन् ?
-
राराताल नियाल्ने प्रसिद्ध पर्यटकीय स्थल मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु
-
सुर्खेतमा लाखौँ मूल्यका अवैध सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण