आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक निर्णय

नख्खुबाट रवि निस्केको प्रकरणमा रास्वपाले बनायो छानबिन समिति

बुधबार, ०८ असोज २०८२, २१ : ५९
बुधबार, ०८ असोज २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ललितपुरस्थित नख्खु कारागारबाट पार्टी सभापति रवि लामिछाने निस्किएको प्रकरणमा छानबिन समिति बनाउने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । 

नख्खु कारागारसहित केही स्थानहरूमा भएका घटनाहरूमा पार्टी सदस्यहरूको सम्भावित संलग्नता भएको नभएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता मनिष झाले बताए ।

गत भदाै २४ गते भएकाे जेनजी प्रदर्शनमा लामिछाने कारागारबाट निस्किएका थिए । यद्यपि पछि उनी कारागारमै फर्किएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप