अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी डिजिटल स्वीकृति हुने
शुक्रबार, १० असोज २०८२, १० : १९
सारांश
- अर्थ मन्त्रालयले आजदेखि सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र गर्ने भएको छ।
- अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन्।
- यस प्रणालीले समय, लागत र श्रम बचत गर्ने र निर्णय प्रक्रियामा पारदर्शिता बढाउने अपेक्षा गरिएको छ।
काठमाडौँ । अर्थ मन्त्रालयले आजदेखि सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र गर्ने भएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले अर्थमन्त्रालयका कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्वरूपमा लागू गरेको जानकारी गराएका छन् ।
उनले डिजिटल स्वीकृति प्रणाली कार्यान्वयनसँगै कागजी प्रक्रिया अन्त्य हुने बताए । अर्थमन्त्री खनालका अनुसार आजबाट मन्त्रालयका आन्तरिक फाइलिङ, टिप्पणी तथा स्वीकृति लिन–दिने कार्य अनलाइन प्लेटफर्ममार्फत मात्र हुने भएको छ। यसले समय, लागत र श्रम बचतसँगै निर्णय प्रक्रियामा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ क्याम्पसका स्ववियू सभापतिद्वारा त्रिवि पदाधिकारीलाई ध्यानाकर्षण
-
राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : कृष्ण सिटौला
-
पार्टी प्यालेसको पार्किङबाट चोरिएको स्कुटर खोज्दा खुल्यो गिरोहको रहस्य, ६ जना समातिए
-
भान्स र रुबियो इरान र लेबनान नीतिमा विभाजित हुन् ?
-
राराताल नियाल्ने प्रसिद्ध पर्यटकीय स्थल मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु
-
सुर्खेतमा लाखौँ मूल्यका अवैध सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण