अपडेट
गणेश साहले छाडे माओवादी केन्द्र
बिहीबार, ३० असोज २०८२, १० : २८
सारांश
- गणेश साहले नेकपा माओवादी केन्द्र परित्याग गरेका छन्।
- उनी माओवादी केन्द्रको केन्द्रीय कमिटी विघटन हुनुअघिका सचिव थिए।
- पार्टीले एकताको सन्देश दिन नसकेकोले साहले पार्टी छाडेका हुन्।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता गणेश साहले पार्टी परित्याग गरेका छन् । उनी माओवादी केन्द्रको केन्द्रीय कमिटी विघटन हुनुअघिका सचिव हुन् ।
रातोपाटीसँग उनले आफूले पार्टी परित्याग गरेको पुष्टि गरेका छन् । उनले भने, ‘अब म माओवादीको नेता पनि रहिनँ, सदस्य पनि रहिनँ ।’
पार्टीले एकताको सन्देश प्रवाह गर्न नसकेकाले आफूलाई माओवादीमा बस्न उचित नलागेको उनको भनाइ छ । साहले २०७४ मा आफू नेतृत्वको ने.क.पा. (संयुक्त) माओवादीमा विलय गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण