जात्राका लागि शिवनाथ गाउँपालिकाले दियो चार दिन बिदा
सोमबार, १० कात्तिक २०८२, ०८ : ०३
सारांश
- बैतडीको शिवनाथ गाउँपालिकाले जात्राको अवसरमा चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
- शिवनाथ मन्दिर र देहीगडा भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिने निर्णय भयो।
- गाउँपालिका अध्यक्षका अनुसार, कात्तिक ११ र १२ तथा १८ र १९ गते सार्वजनिक बिदा हुनेछ।
धनगढी । बैतडीको शिवनाथ गाउँपालिकाले जात्राका लागि चार दिन स्थानीय सार्वजनिक बिदा दिएको छ ।
शिवनाथ गाउँपालिकास्थित शिवनाथ मन्दिर र देहीगडा भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा चार दिन बिदा दिने निर्णय गरिएको हो ।
गाउँपालिका अध्यक्ष कर्णसिंह साउदका अनुसार गाउँपालिकामा अध्यक्षस्तरीय निर्णयले यही कात्तिक ११ र १२ तथा कात्तिक १८ र १९ गते सार्वजनिक बिदा दिने भएको हो ।
शिवनाथ मन्दिरमा लाग्ने मेलामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरू पनि पुग्ने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण