पर्यटक बढेपछि व्यवसायी उत्साहित
सारांश
- यस पटक तिहारपछि बागलुङमा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ, जसले होटल व्यवसायीलाई उत्साहित बनाएको छ।
- ढोरपाटनसहितका पर्यटकीय स्थल र मुस्ताङ जाने पर्यटकका कारण होटल भरिएका छन्, व्यवस्थापनमा चुनौती थपिएको छ।
- बागलुङ कालिका मन्दिर, झोलुङ्गे पुल, पञ्चकोट र शालग्राम शिला जस्ता गन्तव्यले पर्यटकलाई आकर्षित गरेका छन्।
बागलुङ। चाडपर्वको समयमा यस पटक पर्यटकको रोजाइमा बागलुङ पनि परेको छ । तिहारपछिको लामो बिदाका कारण बागलुङमा पर्यटकको सङ्ख्या यस पटक उल्लेख्य वृद्धि भएको हो ।
तिहार लगत्तै बागलुङमा पर्यटकको आगमनले होटलहरू भरिएका छन् भने व्यवसायी उत्साहित भएका छन् । अहिले बागलुङको ढोरपाटनसहितका पर्यटकीयस्थल र मुस्ताङ पुग्ने पर्यटकका कारण बागलुङका होटल भरिभराउ छन् ।
तिहारयता बागलुङका होटलमा पर्यटकको चाप बढेर व्यवस्थापनमा चुनौती बढेको छ । कतिपय पर्यटकलाई होटलको हलमा राखिएको छ । कालीगण्डकी करिडोरअन्र्तगत बालढुङ्गादेखि बेनी जाने सडक निर्माणाधीन भएकाले बागलुङ–बेनी हुँदै मुक्तिनाथ जाने पर्यटकको सङ्ख्या बढेपछि बागलुङका होटल भरिभराउ भएका हुन् ।
विशेषगरी बागलुङको कालिका मन्दिर, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, पञ्चकोट र शालग्राम शिलाका कारण बागलुङमा पर्यटकको सङ्ख्या बढेको छ होटल दि राजन बागलुङका सञ्चालक एन्जील शाक्यले बताइन् । उनका अनुसार तिहारको भोलिपल्टदेखि होटलमा शतप्रतिशत बुकिङ छ । बढी भएका पर्यटक म्याग्दी र पर्वत पठाइएको उनले सुनाइन् ।
दसैँ अगाडि भएको जेनजी आन्दोलन र बाढीपहिरोको कारण होटलमा खासै बुकिङ नभएको अवस्था थियो । तर तिहारपछि भने पर्यटक बढेको शाक्यले जानकारी दिइन् । मुस्ताङ हिँडेका केही पर्यटकसमेत बागलुङमा थप समय बिताउन थालेका हुन् ।
जिल्लामा आकर्षक गन्तव्यस्थलका रुपमा रहेका नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा समावेश प्रसिद्ध बागलुङ कालिका र सर्वसिद्धिधाम पञ्चकोट, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, शालग्राम सङ्ग्रहालयलगायतले बागलुङको पर्यटन चलायमान बनाएको छ । जिल्ला सदरमुकाम बागलुङ बजारमा दुई दर्जनभन्दा बढी सुविधायुक्त होटल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण