थाइल्याण्डः किशोरहरुको उद्धारमा खटेका गोताखोरको मृत्यु
थाइल्याण्डको चियाङ राइको गुफामा फसेका किशोरहरु र प्रतिक्षकको उद्धारमा खटिएका थाई नौसेनाका एक पूर्व गोताखोरको मृत्यु भएको छ ।
अधिकारीका अनुसार ३८ वर्षका समन कुनन गुफामा फसेका समूहलाई सामान पुर्याएर फर्कने क्रममा बेहोस भएका थिए ।
एक अधिकारी भने, ‘उनी अक्सिजन पुर्याउन गएका थिए , तर फर्किनेबेला उनी आफैंलाई अक्सिजनको कमी भयो ।’ समन कुननले नौसेना छोडेका थिए तर बचाउ अभियानमा समावेश हुनका लागि उनी फर्किएका थिए ।
स्थानीय डिप्युटी गभर्नर पासाकोर्न बूनयालकले पत्रकारसँग भने, ‘एक पूर्व सैनिक जो आफ्नो मर्जीले राहत बचाउको काममा मद्दत गर्न आएका थिए, अबेर राती दुई बेज उनको मृत्यु भयो ।’
उनले थपे, ‘उनको काम अक्सिजन पुर्याउनु थियो । तर फर्कन बेला उनीसँगै पर्याप्त अक्सिजन बाँकी रहेन ।’
उत्तरी थाइल्याण्डको एउटा गुफामा बाढीका कारण १२ दिनदेखि फसेका १२ किशोर र उनका फुटबल कोचलाई सुरक्षित बाहिर निकाल्ने योजनामा काम भइरहेको छ । सबैभन्दा ठूलो समस्या यो छ कि कुनै पनि बच्चालाई पौडी खेल्न आउँदैन । किशोर र उनीहरुका आमाबुवा बीच कुराकानीका लागि एउटा टेलिफोन लाइन बिछ्याउने योजना बनाइँदैछ ।
यी सबै जून २३ तारिखमा फुटबलको अभ्यासपछि उत्तर थाइल्याण्डको एउटा गुफा हेर्न गएका थिए । तर बाढीको पानीका कारण सबैजना गुफाभित्र फसे ।
उनीहरुलाई हराएको ९ दिनपछि सकुशल भेटिएको थियो र १० औं दिनमा उनीहरुलाई औषधी र खाना पुर्याइएको थियो ।
थाइ सेनाका अनुसार बच्चालाई बाहिर निकाल्न चार महिना लाग्नसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने