शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
अपडेट

माओवादी आयोजक समितिको बैठक भोलि दिउँसो १ बजे बस्ने

सोमबार, १७ कात्तिक २०८२, १६ : ०५
सोमबार, १७ कात्तिक २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक मंगलबार दिउँसो १ बजे राजधानीमा बस्ने तय भएको छ । नेकपा एकीकृत समाजवादीसहित ९ दलबिच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो । पछिल्लो सचिवालय बैठकले निर्णय गरेका एजेन्डा र ९ दलबिच भएको सहमति अनुमोदन गरेर बैठक सकिने नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले जानकारी दिए ।

‘९ दलबिच भएको एकता सहमति र सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो । नेताहरूलाई बोल्ने समय छुट्याइएको छैन,’ उनले भने ।

यस्तै, पार्टी एकता घोषणा कात्तिक १९ गते दिउँसो १ बजे भृकुटीमण्डपमा गर्ने तयारी भएको गजुरेलले बताए । आइतबार माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत ८ दलबिच एकता सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

शनिबार बसेको माओवादी केन्द्रको सचिवालय बैठकमा नेता जनार्दन शर्माले एकीकृत समाजवादीसँगको एकता हितकर नहुने भन्दै एकता प्रक्रिया रोक्नुपर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप